Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीद्दा

मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीद्दा

जोईन खबर

५, आश्विन २०८१
  • 700
    SHARES
  • मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीद्दा

    ५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग ९इडब्लुभिएल० का लागि मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ ।शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो ।

    images

    एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित थिए । तर ट्यालेन्ट हन्टबाट एक खेलाडी मात्र छनोट गर्ने कार्यक्रमहरु अनुसार मिना छनोट भएकी हुन् ।

    images
    images
    images

    विनिताले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा मधेश युनाइटेडको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

    ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेपछि मधेश आफ्नो टिममा १२ खेलाडीको कोटा पूरा गर्ने पहिलो टिम समेत बनेको छ ।

    आयोजकको नियम अनुसार हरेक टोलीमा कूल १२ खेलाडी हुनेछन् । जसमा मार्की खेलाडीसहित ८ खेलाडी ड्राफ्टमार्फत टिममा राखिएको थियो भने तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ ।

    मधेशले विदेशी खेलाडीमा काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ ।  

    यस्तै नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेश युनाइटेडको मार्की प्लेअर छन् ।

    ट्यालेन्ट हन्ट पछि आफ्नो टिमको कोटा पूरा भएको र टिम उत्कृष्ट बनेको मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले जनाएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ५, २०८१ शनिवार - २२:३६:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको