Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोक काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो भेलाबाट अध्यक्षमा ढकाल, २१ सदस्यी कमिटि

सिरानचोक काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो भेलाबाट अध्यक्षमा ढकाल, २१ सदस्यी कमिटि

जोईन खबर

५, आश्विन २०८१
  • 652
    SHARES
  • सिरानचोक काठमाडौं  सम्पर्क समन्वय समितिको तेस्रो  भेलाबाट अध्यक्षमा  ढकाल, २१ सदस्यी  कमिटि

    ५ असोज काठमाडौँ । नेकपा माओवादी केन्द्र सिरानचोक काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो भेला आज  सम्पन्न भएको छ । आजशनिबार काठमाडौंको बनस्थली खरिबोटको मदर्श बैंक्वयट आयोजित एक कार्यक्रमकाबीच भव्य रुपमा  समपर्क समन्वय समितिको तेस्रो  सम्मेलन सम्पन्न भएको हो ।

    images

    तेस्रो सम्मेलनले अध्यक्ष हरि ढकालको नेतृत्वमा २१सदस्यीय निर्विरोध निर्वाचित  गरि ४ सदस्या पछि थप्ने गरि निर्णय गरिएको छ । तेस्रो भेलाबाट उपाध्यक्षमा   विनोद पोखरेल,सचीव सुवास गुरुङ ,सहसचिब बानुबिलास दाहाल ,कोषअध्यक्ष बिना अधिकारी निर्वाचित भएका थिए । यस भेलाको २१  सदस्य अहिले अरु ४ जना पछि थप्ने गरि कमिटि गठन गरिएको गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिका निर्वातमान सचिव रोहित गुरूङले बताउनु भयो ।  यस तेस्रो भेलाको लागि निर्वाचन आयोगले प्रमोद पाण्डेको संयोजकमा दुई सदस्या भिम पोखरेल र बिमाल ढकाल रहेका थिए । निर्वाचितहरुलाई निर्वाचन आयोगका संयोजकप्रमोद पाण्डेले कार्यसमिति र सबै सदस्याहरुलाई सपथग्रहण गराउनु भएको थियो ।

    images
    images
    images

    ro1.jpg

    यस नाँय सम्पर्क समन्वय समितिलाई सबै टिमलाई स्थानीय तहका प्रदेश तहका नेताहरुलाई अविर र माओवादी केन्द्रका केन्द्रीय सदस्या लेखनाथ न्यौपाने र नबराज पुडासैनी गुराँसले प्रमाण पत्रसहित शुभकामना दिनु भयो । यसै कार्यक्रम बिच सिरानचोक काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष ढकालले गाउँपालिका भित्रका सबै वडाको सम्पर्क समन्वयहरु समेत गठन गरि उनीहरुको नाम बाचन गर्नु भएको थियो ।

    ro2.jpg

    यस समितिको पदकारी र सदस्याहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश सम्पर्क समन्वय समिति तथा केन्द्रीय नेताहरुले शुभकामना दिएका थिए ।  यसै कार्यक्रमको अध्यक्षता सिरानचोक काठमाडौँ सम्पर्क समन्वयका अध्यक्ष हरि ढकाल, प्रमुख अतिथि  नेकपा माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठ रहेको कार्यक्रममा केन्द्रीय सदस्या लेखनाथ न्यौपाने ,केन्द्रीय सदस्य  योशोदा सुवेदी,केन्द्रीय सदस्य चुडामाणिा खड्का, गण्डकी प्रदेश सम्पर्क समन्वयको इन्चार्ज श्रीकृष्णा अधिकारी, विशेष प्रदेश समितिका अध्यक्ष छम बहादुर गुरूङले गोरखा नेकपा माओवादी केन्द्रका संयोजक  राम प्रसाद भन्तना,गोरखा काठमाडौँ सम्पर्क समन्वयको ईन्चार्ज मुत्ती पोखरेल,गोरखा काडमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष अनुप श्रेष्ठ, गोरखा काडमाडौँ सम्पर्क समन्वय समितिका सचिव रोहीत गुरूङ र त्यसै गाउँपालिका सबै वडाका बुद्वीजिवि व्यक्ति लगायत व्यक्तिशरुको उपस्थिति थियो ।

    उक्त कार्यक्रममा कलाकारहरुको स्वागत गीतबाट सुरु गरिएको हो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, भिम पोखरेल,नबराज पुडासैनी गुराँस,मुक्ति पोखरेल, छम बहादुर गुरूङ,लेखनाथ न्यौपाने, सम्पर्क समन्वयका अध्यक्ष हरि ढकाले मन्तव्य राख्नु भएको थियो ।

    प्रकाशित मिति :आश्विन ५, २०८१ शनिवार - २३:५९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको