६ असोज काठमाडौँ । उत्तरी गोरखाको धार्चेमा जुवातास खेल्नेहरुलाई कारवाही गरी संकलन भएको रकमले गाउँमा चौतारा निर्माण कार्यमा खर्च गर्ने भएको छ । उनीहरुले गाउँमा जुवातास नियन्त्रणको अभियान संचालन गरि धार्चे गाउँपालिका–४ लाप्राकको हिमाली आमा समूहले उक्त रकमबाट चौतारा निर्माण गर्ने निर्णय गरेको हो ।
यस आमा समूहले लाप्राकको पुरानो गाउँ नजिकै रहेको बसपार्कमा चौतारा निर्माण गरिएको समूहकी अध्यक्ष स्मृति गुरुङले बताइन् । चौतारा निर्माणका लागि गत बर्ष देउसी भैलो संकलित रकम पनि प्रयोग गरिएको उनको भनाइ छ ।
गाउँमा जुवातास नियन्त्रणका लागि भन्दै समूहले समूहका सदस्यहरुलाई टोलीमा विभाजन गरी एउटा टोलीको हप्तामा एकपटक पालो आउने गरी गाउँमा गस्ती समेत गर्दै आएको छ ।
जुवातास खेलेको पाइएमा प्रति व्यक्ति तीन हजारका दरले जरिवाना रकम लिने गरेको समूह अध्यक्ष गुरुङले बताइन् ।लाप्राकमा यही साउनदेखि आमा समूहहरु दैनिक रुपमा घरघरमै गस्ती गर्दै हिँडेका छन् ।
साउन ३ गतेबाट सूचना जारी गरेर गस्ती लगाउन सुरु गर्दै आएकाे हाे ।