६ असोज काठमाडौँ । नेपाली कांग्रेसले जिल्ला गोरखाको पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्ने भएको छ । पार्टीको शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाको पार्टी कार्यालय रहेको तीनधारेमा पुस्तकालय स्थापनाका गर्ने निर्णय गरेको हो । यस स्थापना गर्नको लागि पार्टी बैठकबाट पार्टीका जिल्ला सचिव किशोरजंग थापालाई संयोजकको जिम्मेवारी दिएको छ ।
यस बैठकबाट पार्टीले विपदमा ज्यान गुमाउनेहरुको परिवार, घाइते, अशक्त र असहायको सहयोगको लागि अक्षयकोष स्थापना गरिने पनि निर्णय गरि अक्षयकोष स्थापनामा इमानसिं बस्नेतलाई संयोजक तोकिए को छ । पार्टीले सञ्चालन गर्न लागेका पुस्तकालयको कार्यविधि तयार गर्ने जिम्मेवारी पार्टी जिल्ला सह–सचिव लुमनाथ लामिछानेलाई दिइएको छ ।बैठकले वडा स्तरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ ।
पार्टीका उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख धिरन थापाको नेतृत्वमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने देखि प्रत्येक स्थानीय तहमा जनप्रतिनिधि र पार्टीका पदाधिकारी बीच संयुक्त बैठक गर्ने समेत निर्णय गरेकाे छ । बैठकले टिआरसी अनुसार द्वन्द्वपीडितको सूची पुनरावलोकन गरी अध्यावधिक गर्ने निर्णय गरि पार्टीका महासमिति सदस्य मोहन पोखरेललाई संयोजक ताेकिएकाे हाे ।