६ असोज काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच आउँदै गरेको चाडपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको अग्रिम टिकट खुला गर्ने सहमति भएको छ।
हिजो शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरु विच सो निर्णय गरेको हो ।भौतिक पूर्वाधा तथा यातायातमन्त्री देवेन्द्र दाहाल सहभागी छलफलमा सडक विभागअन्तर्गतका सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ।
यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोटिङ गरिनेछ। यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने निर्णय भएको छ।