६ असोज काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावारमा आज बस्ने बैठकमा छलफल हुने भएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने कामको विषयमा छलफल हुँदैछ ।
त्यस्तै बिहान ११ बजे नै बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन कोप २८० को कार्यप्रगति, विश्व जलवायु सम्मेलन कोप २९० मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल भइरहेको छ ।