Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२० वर्षीया गर्भवती सुनिला विकलाई  नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

२० वर्षीया गर्भवती सुनिला विकलाई  नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

जोईन खबर

६, आश्विन २०८१
  • 676
    SHARES
  • २० वर्षीया गर्भवती सुनिला विकलाई  नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

    ६ असोज काठमाडौँ । नेपाली सेनाको हेलिकप्टरमार्फत  एक गर्भवती महिलाको उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।

    images

    शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याएको हो ।

    images
    images
    images

    उच्च रक्तचापको औषधि चलाउँदा शरीर काँप्ने बेहोस हुने र बच्चाको समेत मुटुको चालमा समस्या देखिएपछि सुत्केरी गराउन सम्भव नभए पछि उनलाई सेना हेलिकप्टरमार्फत थप उपचारको  काठमाडौँ रिफर गरिएको एक डक्टरले बताए । 

    प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - १३:११:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको