६ बैशाख काठमाडौ।शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थीका हात-हातमा किताब वार्षिक परीक्षा आउन लागिसक्यो तर दुर्गमका विद्यार्थीका हातमा पढ्ने किताब छैनन्। देशका दुर्गम ठाउँमा पनि चुनावका बेला मतपत्र समयमै पुर्याउने सरकारले विद्यार्थीका किताब किन पुर्याउन सक्दैन?
शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै देशका ७० जिल्लामा किताब पुगिसकेका छन्। बाँकी सात जिल्लामा पनि केही दिनभित्र किताब पुर्याउने गरी धमाधम काम भइरहेको छ।झाका अनुसार सरकारी इच्छाशक्ति, पूर्वयोजना, स्रोत साधन, जनशक्ति र व्यवस्थापनको प्रभावकारी तालमेलले सकारात्मक परिणाम आएको हो।
केन्द्रसँग पर्याप्त स्रोत साधन र जनशक्ति थिएन, अर्कातिर राजनीतिक नेतृत्वमा जसरी पनि समयमै विद्यार्थीलाई किताब दिनुपर्छ भन्ने इच्छाशक्ति हुन्थेन यसपालि प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयबाट आफूहरूले राम्रो सहयोग पाएको उनले बताए।सरकारले भरोसा मात्र दिएन केन्द्रलाई चाहिने स्रोत साधन र जनशक्तिका लागि पनि बाटो सजिलो बनाइदियो।
केन्द्रसँग पहिला दुई वटा मात्र मेसिन थिए जसले रंगिन पुस्तक छाप्न सक्थे। २०७७ फागुनबाट केन्द्रले तीन वटा नयाँ प्रिन्टिङ मेसिन किन्ने प्रक्रिया अघि बढाएको थियो।
पहिला केन्द्रमा तीन सय जना स्थायी कर्मचारी थिए अहिले १२५ जना करार र ७५ जना दैनिक ज्यालादारीमा काम गर्छन्।
गत वर्ष कोरोनाभाइरस, रूस-युक्रेन युद्धले लामो समयसम्म कागज आएन। चार-पाँच महिना मेसिन बन्द गरेर राख्नुपर्ने बाध्यता आइलाग्यो।
यसपालि कक्षा ६ देखि १०सम्मका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको छ। ७० जिल्लामा ८२ लाख थान पुस्तक पठाइएको छ। यसवर्ष १ करोड ४० लाख थान पुस्तक खपत हुने अनुमान गरिएको छ।
कक्षा १ देखि १० सम्म ३ करोडको हाराहारीमा पुस्तक खपत हुने गरेको छ। यसपटक जनक शिक्षा सामग्रीले कक्षा ६ देखि १० सम्मलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक छापेको हो। प्राथमिक तहको पुस्तक छापेको छैन। कक्षा ११ र १२ का लागि भने जेठबाट पुस्तक छाप्न सुरू गर्ने योजना छ।
आउने वर्षको शैक्षिक सत्रका लागि असार-साउनबाटै पुस्तक छाप्न सुरू गरेर फागुन-चैतमै विद्यालयमा किताब पुर्याउने योजना रहेको झाले बताए।