६ असोज काठमाडौँ । मेडीकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरे पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक थोपा रगत रहुँञ्जेल लड्ने बताएका छन् ।
प्रसाईले पक्राउ परेलगत्तै प्रहरीको गाडी चढनु अघि ओलसिंग एक थोपा रगत शरीरमा रहनुञ्जे लढछु भन्दै गाडी भित्र बसेका थिए । आज मैले तस्कारीहरु विरुद्व लडदा प्रहरीले पक्राउ गरेको छ , अब केपी ओलीसँग त नि एक थोपो रगत रहुँञ्जेल लड्छु भनेका छन् ।
उनले एमाले परित्याग गरेपश्चात् प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनेकन् टिप्पणी गर्दै आएका थिए । प्रसाईं आज दिउँसो ३ः०० बजे उनकै निवास भक्तपुरबाट पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गर्न साइबर ब्यूरो प्रहरी खटिएको थियो । उनीविरुद्ध साइबर क्राइमसम्बन्धी उजुरी परेको थियो ।