Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपा सभापति लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले आकस्मिक भेला सुरु

रास्वपा सभापति लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले आकस्मिक भेला सुरु

जोईन खबर

६, आश्विन २०८१
  • 577
    SHARES
  • रास्वपा सभापति लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले आकस्मिक भेला सुरु

    ६ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपाले काठमाडौं उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय बनस्थलीमा  बोलाएको हो ।सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।

    images

    मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।

    images
    images
    images

    सहकारी ठगी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले आकस्मिक भेला डाकेको हो ।  राष्ट्रिय स्वतन्त्र पार्टीको हार्यालयमा अहिले कार्यकर्ता लगायत विभिन्न व्यक्तिहरुको भिडभाड रहेको छ । प्रहरीको गाडी पनि आएको छ । 

    प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - २१:२२:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको