६ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपाले काठमाडौं उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय बनस्थलीमा बोलाएको हो ।
सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।
सहकारी ठगी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले आकस्मिक भेला डाकेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको हार्यालयमा अहिले कार्यकर्ता लगायत विभिन्न व्यक्तिहरुको भिडभाड रहेको छ । प्रहरीको गाडी पनि आएको छ ।