Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भ्याली स्लाम टेनिस भोलिदेखि

भ्याली स्लाम टेनिस भोलिदेखि

जोईन खबर

६, आश्विन २०८१
  • 670
    SHARES
  • भ्याली स्लाम टेनिस भोलिदेखि

    ६असोज काठमाडौँ । हिमाल मिडियाको आयोजनामा बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले जनाएका छन् । भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ ।सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

    images

    कुल पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ छ । पुरुष÷महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ३५ वर्षमाथि सिंगल्स÷डबल्समा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले ६÷६ हजार नगद पुरस्कार हात पार्ने छन् ।

    images
    images
    images

    ४५ वर्षमाथि पुरुष सिंगल्स÷डबल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ४ हजार ५ सय÷४ हजार ५ सय नगद पुरस्कार जित्ने छन् । ५५ वर्षमाथि प्रथमलाई १५ हजार, दोश्रोलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ३ हजार ५ सय÷३ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ ।

    ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ६ हजार र तेश्रोलाई ३÷३ हजार नगदबाट पुरस्कृत गरिने छ ।नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकइमा क्याफेको सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय ३९ खेलाडीको सहभागित रहने आयोजकले जनाएको छ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

    प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - २१:४१:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको