६ असोज काठमाडौँ । दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ ।विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।
पार्टीले निर्देशन दिएको होइन, उहाँहरु यहाँको राजनीतिक अवस्थाले फर्कन लाग्नु भएको हो।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसद छन् ।
उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।कास्कीमा गोर्खा मिडिया विरुद्ध जोहरी परेको र त्यही मिडियाको प्रमुख सेयर रहेका जोशीलाई पक्राउ गरी थप अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा। अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालय बनस्थलीमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय जम्मा भएका छन् ।