७ असोज काठमाडौँ । माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो ।
मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गरेको हो ।६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो ।
पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो । यसै खेल खेलेर नेपाल पुलिस क्लब माल्दिभ्सबाट भोलि आज बिहान १०स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन् ।