Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा सिक्री चोरी गरेर फरार रहेका दुई युवा पक्राउ 

गोरखामा सिक्री चोरी गरेर फरार रहेका दुई युवा पक्राउ 

जोईन खबर

७, आश्विन २०८१
  • 580
    SHARES
  • गोरखामा सिक्री चोरी गरेर फरार रहेका दुई युवा पक्राउ 

    ७ असोज काठमाडौँ । गोरखाका गोरखा नगरपालिका–५ रोहटेपानीमा गत साउन २३ गते घाँटीबाटै सुनको सिक्री चोरी  गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । उक्त घटना साझाँ पाँच बजे तिर ७५ बर्षीया रत्नकुमारी मग्रातीको घाटीमा लगाएको सुनको  सिक्री  कालो स्कुटरमा आएका दुई युवकले लुटेर फरार रहेका थिए ।

    images

    फरार रहेका उनीहरुलाई प्रहरीले तिव्र गतिले खोजतलास गरे पनि पत्ता लगाउन सकिएको थिएन् । गोरखामा फेरी पछिलो समय गत भदौ २३ गते  पाँच बजेतिर नगरपालिकाको छहरे बालमन्दिर माध्यमिक बिद्यालय क्षेत्रमा बाख्रा चराइरहेकी दाउरी माया रानाले लगाएको सुनको सिक्री घाँटीबाटै लुटेका थिए । यस घटनामा पनि पहिला जस्तै मास्क लगाएर कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भए । दिनदहाडै उही प्रकृतिको घटना दोहोरिन थालेपछि प्रहरीले बिशेष सुरक्षा रणनीति अपनाउँदै चोरीमा संलग्नको खोजी कार्यलाई तिव्रता दियो ।

    images
    images
    images

    खोजी गर्न क्रममा सिक्री लुटेराहरु समात्न प्रहरी सफल भयो ।लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपलिका–९ नाम्जुङका ३८ बर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका–१६ का ३७ बर्षीय शैलेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खोज अनुसन्धानपछि शनिवार गोरखा नगरपालिकाको लक्ष्मीबजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताए ।

    हामीले अनुसन्धानमा त्यही नम्वरको स्कुटरमा त्यही हुलिया भएका दुई जना युवक गोरखा प्रवेश गरेको सूचना पायौँ, चारैतिरबाट घेरा हालेर पक्राउ गर्न सफल भएको जानकारी दिए ।उनीहरुको साथबाट घटना हुँदा प्रयोग भएको कपडा र स्कुटर समेत बरामद गरिएको बताइएको छ । उनीहरु बिरुद्ध चोरी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १०:५८:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको