७ असोज काठमाडौँ । डोटीमा कोराबाटै एक युवकलाई प्हरीले पक्राउ गरेको छ । गाउँमा आमाको निधान भई किरिया बसेका युवक बलात्कार आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय डोटीले बताएको हो ।
यस घटनामा पक्राउ पर्ने आदर्श गाउँपालिका वडा न ६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा घर बाटै नियन्त्रणमा लिएको छ । उनले भदौ अन्तिममा सोही ठाउँकी २० वर्षीया युवतीलाई घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए।
उक्त युवतीले प्रहरीलाई दिएको जाहेरी अनुसार बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत लगेको जाहेरीमा उल्लेख छ। घटनापछि रैकाल फरार भएका थिए। शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका हुन्।
आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपमा नियन्त्रणमा लिएको हो।आरोपीलाई हिरासतमा राखेर घटना बारे थप अनुसन्धान गरि रहेको बताए ।