Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापामा प्रसाईका समर्थकले  ३ ट्रकमा आगजनी गरि फरार

झापामा प्रसाईका समर्थकले  ३ ट्रकमा आगजनी गरि फरार

जोईन खबर

७, आश्विन २०८१
  • 670
    SHARES
  • झापामा प्रसाईका समर्थकले  ३ ट्रकमा आगजनी  गरि फरार

    ७ असोज  काठमाडौँ । भक्तपुरको आफ्नै घरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले ३ ट्रकमा आगजनी गरेका छन् ।

    images

    प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा र आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेका थिए । अर्काे फेरी झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।

    images
    images
    images

    चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

    ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी  गर्दा चालक समेत घाइते भएका छन् ।  शरीरको केही भागमा आगोले पोलेको र घाइतेको पहिचान नखुलेको बताए । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १२:२५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको