Logo

बिहिवार, कार्तिक १३ गते २०८३

असोज महिनामा अत्यधिक गर्मी बढे पछि महोत्तरीमा ६ दिन विद्यालय बन्द

असोज महिनामा अत्यधिक गर्मी बढे पछि महोत्तरीमा ६ दिन विद्यालय बन्द

जोईन खबर

७, आश्विन २०८१
  • 832
    SHARES
  • असोज महिनामा अत्यधिक गर्मी बढे पछि महोत्तरीमा ६ दिन विद्यालय बन्द

    ७ असोज काठमाडौँ । असोज महिनामा अत्यधिक गर्मी बढेपछि महोत्तरीमा फेरी ६ दिनको लागि विद्यालय बिदा गरिएको छ ।  सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण सोमबारदेखि छ दिन विद्यालय बिदा दिने सूचना जारी गरेको थियो ।

    images

    महोत्तरीमा असोज ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ ।घामको राप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै छ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए ।

    images
    images
    images

    मनराशिशवा नगर कार्यालयले गर्मी छल्न बिदा दिएपछि जिल्लाका अन्य स्थानीय तहले पनि बिदा दिने तयारी गरेका छन् ।  यसैगरी हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ ।

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १५:५७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको