८ असोज काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाको स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमिति गोरखा क्याम्पसको आयोजनामा संचालित गण्डकी प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिबल प्रतियोगिताको विजेता बागलुङ धौलागिरी क्याम्पसले जितेको छ । यस खेल गोरखा क्याम्पसको खेल मैदान भएको थियो ।
हिजो सोमबार भएको फाइनल खेलमा धौलागिरी क्याम्पसले पृथ्वी नारायण क्याम्पस पोखरालाई पराजीत गर्दै विजेता बनेको हो । खेलमा विजेता बनेको धौलागिरी क्याम्पसले नगद रु ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता बनेका पृथ्वी नारायण क्याम्पसले नगद रु३३ हजार ३३३ रुपैयाँसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक गोरखा क्याम्पसका स्ववियु सचिव रचन परियारले बताए ।
प्रतियोगितामा गण्डकी प्रदेशभित्रका चार आङ्गिक क्याम्पस ९पृथ्वी नारायण क्याम्पस पोखरा, धौलागिरी क्याम्पस बाग्लुङ, कृषि क्याम्पस लमजुङ र आयोजक गोरखा क्याम्पस० का खेलाडीहरु सहभागी थिए । खेलमा बिजेता टिमलाई एक कार्यक्रम बीच पुरस्कार वितरण गरिएको हो ।
यस कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, जिल्ला भलिबल संघका अध्यक्ष कृष्ण गुरुङ, गोरखा क्याम्पसका प्रमुख नवराज पाण्डे ,विधार्थी गोरखाका स्थानिय लगायतको उपस्थितीमा पुरस्कार वितरण गरिएको हो ।