६ बैशाख काठमाडौ।गण्डकी प्रदेश लमजुङ जिल्लाको स्थानीय सरकार सँग छैन एउटा पनि दमकल र यो जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता छ ।
ठूलो आगलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ । स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगोलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सक्दैन बेँसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले जानाकारी दिए।