Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पक्राउ परेका प्रसाईलाई रिहाईको माग गर्दै झापामा दुई ट्रकमा आगजनी  गर्ने ९ जना पक्राउ 

पक्राउ परेका प्रसाईलाई रिहाईको माग गर्दै झापामा दुई ट्रकमा आगजनी  गर्ने ९ जना पक्राउ 

जोईन खबर

९, आश्विन २०८१
  • 547
    SHARES
  • पक्राउ परेका प्रसाईलाई रिहाईको माग गर्दै झापामा दुई ट्रकमा आगजनी  गर्ने ९ जना पक्राउ 

    ९ असोज काठमाडौँ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाईको माग गर्दै झापामा दुईट्रकमा आगजनी  गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल ९पीडीएफ० का नेता कार्यकर्ता रहेका छन् ।

    images

    प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।

    images
    images
    images

    यसैगरी हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू ,वडा न —१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महतलाई प्रहरीले पक्राउ गरेको हो ।

    ती युवकले सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

    ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुवै ट्रकका चालक घाइते भएका थिए । उक्त जाहेरीमा पक्राउ परेका  प्रसाईँलाई प्रहरीको साइबर अपराध महहाशाखाले अनुसन्धान गरि रहेको छ । 

    प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - ११:१६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको