Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वप्रधानमन्त्रीसंगको भेटपछि राप्रपाका नेता मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले कुनै सत्यता नभए बताए 

पूर्वप्रधानमन्त्रीसंगको भेटपछि राप्रपाका नेता मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले कुनै सत्यता नभए बताए 

जोईन खबर

९, आश्विन २०८१
  • 628
    SHARES
  • पूर्वप्रधानमन्त्रीसंगको भेटपछि राप्रपाका नेता मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले कुनै सत्यता नभए बताए 

    ९ असोज काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले  कुनै पनि कुरा सत्यता नभएको बताएका छन् ।

    images

    नेता मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनु भयो । स्वकीय सचिव मल्लका अनुसार हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको धारणा सार्वजनिक गर्दै भनेका छन् ।

    images
    images
    images

    ( जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभ शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ । उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु भएको रहे छ ।

     देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान्  र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्( मिश्र सर, यति सस्तो अराजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि भन्ने कुरा गरेका छन् । 

    प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - ११:५८:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको