९ असोज काठमाडौँ । कतारमा सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारको १० औं अधिवेशन आगामी अक्टोबर( ४ तारिक सनैया प्लाजामल वेलफेयर रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।
यस अधिवेशनमा तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारबासी मोक्कोन तामाङ ज्योज्यो आले नाना आङाहरुलाई नयाँ सदस्यताको लागि आव्हान गर्नुको साथै बर्तमान सदस्य ज्यू हरुलाई पनि आफ्नो सदस्यता नविकरणको लागि हार्दिक अनुरोध समेत गरिएको कतारमा कार्यरत राजू लामाले बताउनु भयो ।

समाजले नेपाल प्रवासी तामाङ समाज कतारको बिधान २००५ छैटौं संसोधन सहितको परिच्छेद १४ को (ख) मा भएको प्राबधान अनुसार नै अधिवेशन कार्यक्रम गर्न लागेको प्रष्ट पार्दै बैधानिक सदस्यता नभएका व्यक्ति तथा सदस्यलाई अधिवेशनको निर्वाचन समितिले बन्दसत्र कार्यक्रममा सहभागी हुन अयोग्य मान्ने भएकोले यहि आउँदो २७( सेप्टेम्बर २०२४ शुक्रबार सम्मको लागि सदस्यता फारम खुल्ला गरिएको एक सूचना मार्फत जानकारी गराएको छ ।
तामाङले कार्यक्रममाको लागि कतारमा स्थापित सम्पुर्ण संघ सस्था, बैचारिक संस्था, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ताहरु, कलाकार, लगायत सबैलाई पत्राचार गारिसकेको र कार्यक्रम सफल बनाउनको निमित्त सबै कतारबासी तामाङ एवं गैर तामाङ जातीका दाजुभाइ दिदिबहिनी आमा बुवा बुद्वीजिवीमा उपस्थितको लागि अनुरोध गर्दै कार्यक्रमको तयारी तीब्र गतिमा भइ रहेको समेत बताएका छ्न ।