Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कैलालीको धनगढीमा काटिसकेको धान भए तत्काल भित्राउन किसानहरुलाई अनुरोध 

कैलालीको धनगढीमा काटिसकेको धान भए तत्काल भित्राउन किसानहरुलाई अनुरोध 

जोईन खबर

९, आश्विन २०८१
  • 730
    SHARES
  • कैलालीको धनगढीमा काटिसकेको धान भए तत्काल भित्राउन किसानहरुलाई अनुरोध 

    ९ असोज काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेको छ।

    images

    मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि धान नकाटेको भए तत्काल नकाट्न र काटि सकेको भए अब नकाटन पालिकाहरूले अनुरोध गरेका छन् ।

    images
    images
    images

    सूचना प्रवाहका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै आएको छ । माइकिङका लागि नगर प्रहरीहरू परिचालन गरिएको पालिकाले जनाएको छ ।

    यसैगरी दाङको गढवा गाउँपालिकाले पनि सूचना जारी गरी काटिसकेको धान बाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरूलाई अनुरोध गरेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।  

    प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - १३:२२:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको