९ असोज काठमाडौँ । मुस्ताङ तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधाको लागि एनटीसीले बीटीएसको टु जी र फोर जी सेवा सञ्चालनको टावर स्थापना भएको छ । यो भन्दा पहिले त्यस ठाउमा इन्टरनेट राम्रोसंग चल्ने थिएन ।
अहिले सञ्चार सुविधा विस्तार भएसँगै व्यापारी, सुरक्षाकर्मी, भन्सार कर्मचारी, पर्यटक र कोरला नाका पुग्ने जो कोहीलाई सञ्चारमा सहज पहुच भएको छ । १ वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गएको वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो ।
त्यस मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् । त्यस ठाउँमा व्यापारको लागि बढि मान्छेहरुको भिडभाड हुने भएकोले इनटरनेटको सुविधा विस्तार गरिइएको हो ।