९ असोज काठमाडौँ । विराटनगरको मुनालपथमा रहेको एक पसलमा आगलागी भएको छ । आगलागी विराटनगर महानगरपालिका वडा न २ मा रहेको भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो ।
आगलागी भएको सोरुम विजुलीबाट चल्ने साइकल तथा सिटी सफारीको बिक्री कक्ष हो । विराटनगर महानगरपालिकाको प्रहरी र दमकलको सहयोगले आगो निभाउने प्रयास गरिरहेको छ ।
आगलागीको कारण खुलेको छैन । घटना बारे थप विवरण आउन बाकी रहेको छ ।