१० असोज काठमाडौँ । नेपका माओवादी केन्द्रका भातृ संगठन अनेरास्ववियु ९क्रान्तिकारी० को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँ त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु हुने भउको छ ।
यस संगठनले सम्पूर्ण बामपन्थी प्रगातिशलि देशबक्त तथा जनतान्त्रिक विधार्थीहरु एक होऔँ भने नाराका साथ २३ औँ सम्मेलन आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिने भएको हो ।
सम्मलन आज उद्घाटन गरे पछि शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्रको कार्यक्रम सुरु एक बिधार्थी नेताले बताए । बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस गर्ने भएका छन् । शुक्रबार विधान तथा प्रतिवेदनमाथि समूह विभाजन गरी छलफलका लागि खुल्ला हुनेछ।
शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहहरूकाे छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ।आइतबार नयाँ कार्य समितिकाे लागि प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। त्यस पछि निर्वाचनको कार्यक्रम सुरु हुनेछ। सम्मेलनमा ७७ वटा जिल्लाबाट करिब दुई हजार ३२३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।