१० असोज काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन ,बेलुन उडाउन रोक लगाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकोले हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडान नपाइने जनाएको हो ।
सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जारी सूचनामा उल्लेख छ ।
