Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हिमाली मृगु ६५ औँ साक्षर जिल्ला घोषणा

हिमाली मृगु ६५ औँ साक्षर जिल्ला घोषणा

जोईन खबर

१०, आश्विन २०८१
  • 715
    SHARES
  • हिमाली मृगु ६५ औँ साक्षर जिल्ला घोषणा

    १० असोज काठमाडौँ । हिमाली मुगु ६५ औं साक्षर जिल्ला घोषणा गरिएको छ ।  यस जिल्लामा १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तहलाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।

    images

    साविक कर्णालीका ५ जिल्लामध्ये मुगु पहिलो साक्षर जिल्ला घोषणा भएको हो ।साक्षर हुन तोकिएका सबै सूचकहरु पूरा भएपछि जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मुगुले जनाएको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाइएको छ ।

    images
    images
    images

    हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्नेजस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा जिल्लालाई साक्षर घोषणा गर्ने नीतिअनुरुप जिल्लालाई साक्षर घोषणा गरिएकको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख खड्कराज भियालले बताए ।

    कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्की, छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार, पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी लगायतले सामूहिक प्रतिबद्धता सहितको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गर्दै मुगु जिल्लालाई साक्षर घोषणा गरिएको हो ।

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - १२:४१:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको