Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार रहेका तीन जना नेपाली युवा दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार रहेका तीन जना नेपाली युवा दुबईबाट पक्राउ

जोईन खबर

१०, आश्विन २०८१
  • 580
    SHARES
  • इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार रहेका  तीन जना नेपाली युवा  दुबईबाट पक्राउ

    १० असोज काठमाडौँ । ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका  फरार ३ जना प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । 

    images

    उक्त मुद्दा पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिक — ४  घर भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका — ९ घर भएका २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका—५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका—१० बस्दै आएका २६ वर्षीय रोमन कार्की जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार रहेका प्रहरीले बताए । मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनमा उनीहरुको खोजतलास भएको थियो । 

    images
    images
    images

    पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।

    भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।  

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - १४:५९:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको