१० असोज काठमाडौँ । अत्यावश्यक बाहेक ट्रेलर लगायत मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन १७ असोज ९घटस्थापना० देखि पूर्णिमासम्म चलाउन नपाइने भएको छ ।
यो निर्णय नारायणगढ–काठमाडौं रुटका लागि गरिएको हो ।सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित गर्न यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार १७ असोजदेखि १ कात्तिकसम्म यस रुटमा ठूला मालवाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।