Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पून्यमानलाई भेट्रान चेस उपाधि

पून्यमानलाई भेट्रान चेस उपाधि

जोईन खबर

१०, आश्विन २०८१
  • 694
    SHARES
  • पून्यमानलाई भेट्रान चेस उपाधि

    १० असोज काठमाडौँ । पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । ७ चरणको खेलमा उनले ५।५ अंक जोडे । समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, गणेश मान दुवाल तेस्रो र नविन तण्डुकार टाइब्रेकको अधारमा दोस्रो देखि चौथो भए ।

    images

    ५ अंक भएका पूर्णराज खड्का पाँचौ, विलम लाल श्रेष्ठ छैटौ, राजेन्द्र बज्राचार्य सातौ, जनार्दन श्रेष्ठ आठौ, भिम दत्ता पाडे नवौ तथा अबिरल राई दशौ भए ।उपाधि विजेता कमाचार्यले ३० हजार रुपैया तथा उपविजयी नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैया पुरस्कार पाए । चौथो हुने खेलाडीले १० हजार तथा पाँचौ हुने खेलाडीले ७ हजार रुपैया पुरस्कार पाए । छैटौ देखि १० औ स्थान हात पार्ने खेलाडीले ५ हजार रुपैया पुरस्कार पाए ।विजेता खेलाडीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे ।

    images
    images
    images

    समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमला विशेष अतिथी थिए । यसैगरी, नेपाल बुद्धीचाल महासंघका अध्यक्ष हेराकाजी मर्हजन, पूर्व अध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ट तथा धर्मपत्नी संगीता श्रेष्ठ, बुद्धीचाल महासंघका उप महासचिव मोनालिसा खुम्बू र अखिल नेपाल बुद्धीचाल संघका प्रदेश अध्यक्षहरुको उपस्थिती थियो ।  समापन समारोहको  कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल महासंघका सदस्य बबी देवल पुनले गरेका थिए ।

    प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो ।स्विस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो । दिवंगत श्रेष्ठ एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ  नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् ।

    नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २२:०९:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको