११ असोज काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ ।
आज बिहान देखिनै देशभरका कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भई रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काठमाडौँमा बिहान देखि भारी बर्षा सुनधारा क्षेत्र
देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।राति, देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ ।वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौँमा बिहान देखि भारी बर्षा सुनधारा क्षेत्र
देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । हिजो नै गृह मन्त्रालयले देशका ुबै जनालाई सचेत भएर बस्न अनुरोध गर्दै एक सूचना समेत निकालेको छ ।