Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जोखिम न्यूनीकरण प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन आग्रह

जोखिम न्यूनीकरण प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन आग्रह

जोईन खबर

११, आश्विन २०८१
  • 754
    SHARES
  • जोखिम  न्यूनीकरण प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन आग्रह

    ११ असोज काठमाडौँ । देशभर ४ दिन सम्म भारी बर्षा हुने भएकोले असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ ।  राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले भारी वर्षाको करणले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा दुई दिन रात्रिकालीन बस नचालाउन आग्रह गरेको हो ।

    images

    प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  विभागले कोसी प्रदेशको  झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ मधेसको सिरहा, सप्तरी र पर्सा तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ ।

    images
    images
    images

    su9.jpg

    गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट लगायत तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ ।

    पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको बैठकले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ११:०७:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको