Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ प्रहरीले अपराधलाई सुरक्षा गर्न कुकुर र ड्रोनबाट निगरानी गरिदै

 चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ प्रहरीले अपराधलाई सुरक्षा गर्न कुकुर र ड्रोनबाट निगरानी गरिदै

जोईन खबर

११, आश्विन २०८१
  • 1.4K
    SHARES
  •  चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ प्रहरीले अपराधलाई सुरक्षा गर्न कुकुर र ड्रोनबाट निगरानी गरिदै

    ११ असोज काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै विभिन्न प्रकारका अपराधलाई सुरक्षा गर्न योजना बनाएको छ । प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाउको हो।

    images

    परिसरका एसएसपी वसन्त रजौरेसहितको टोलीले शुक्रबार अपराधहरुमा लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरुमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ ।

    images
    images
    images

    अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने परिसरका प्रवक्ता नवराज अधिकारीले बताए ।

    नाकाहरुमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ । कलंकी, बल्खु सून्धारा, पूरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत स्थानमा सहायता कक्ष खडा गरिने प्रवक्ता अधिकारील बताए । कुनै घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए । सबैका लागि काठमाडौं जिल्लामा मात्रै ३ हजार ७ सय ६५ प्रहरी खटाइनेछ ।

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १३:४५:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको