११ असोज काठमाडौँ । हिजो साझाँदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले बिपी राजमार्ग अवरुद्व भएको थियो ।
बर्षाका कारण लेदोसहितको पहिरोले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको हो ।
अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।