११ असोज काठमाडौँ ।नौबिसे(नागढुङ्गा सडकखण्डमा लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्ड केही समय अघि मात्र अवरुद्व भएको हो ।
धादिङको धुनिबेंसी नगरपालिका–९ सुरुङमार्गनजिक सडकमाथिबाट खसेको लेदोसहितको माटोले सडक दुईतर्फी अवरुद्ध भएको छ । हिजो देखि परेको अबिरल बर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो लाम लागेको छ। काठमाडौँबाट जाने उताबाट आउने साना ठूला सबै सवारीसाधन सडकमै रोकिएका छन्।
राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रिएकाले खुलाउन केही घण्टा लाग्ने देखिएको छ । लेदोसहितको पहिरो आएको केही समय भइ पनि अहिले सम्म पहिरो पन्छाउने डोजर पुगेको छैन् ।
पानी परिरहेको र माथिबाटलेदोसंगै पानी आइ रहेकोले सडकमा भएको लेदो पन्छाउन सुर गरिएको छैन् । उक्त सडकमा सवार गरेका युवाका अनुसार पहिरोले सडक धेरै माथी सम्म ढाकेको हुदा पहिरो हटाउन समय लाग्ने बुझिएको बताए । त्यस माथि बर्षा निरन्तर परेकोले यात्रुहरु संकटमा परेको देखिन्छ ।