Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्व पर्यटन दिवसको अवसरमा वीरगञ्जमा पर्यटकलाई फुलमालाले स्वागत

विश्व पर्यटन दिवसको अवसरमा वीरगञ्जमा पर्यटकलाई फुलमालाले स्वागत

जोईन खबर

११, आश्विन २०८१
  • 736
    SHARES
  • विश्व पर्यटन दिवसको अवसरमा वीरगञ्जमा पर्यटकलाई फुलमालाले स्वागत

    ११ असोज काठमाडौँ ।  विश्व पर्यटन दिवसका अवसरमा वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई आज  फूलमालाले स्वागत गरिएको छ ।

    images

    होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले विश्व पर्यटन दिवसका अवसरमा वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई शंकराचार्य गेटमा फूलमाला लगाएर स्वागत गरेको हो ।

    images
    images
    images

    वीरगञ्ज नाका हुँदै जनकपुरधाम, पशुपतिनाथ लगायत धार्मिक स्थल हिँडेका भारतीय धार्मिक पर्यटकलाई फलफुल दिदै टीका र फूलमाला लगाएर स्वागत गरिएको संघले जनाएको छ ।

    यसै दिवसको अवसरमा नेपाल भित्रिएका धार्मिक पर्यटकलाई गन्तव्य स्थलसम्म पुग्न भाडाको समेत व्यवस्थापन गरिएको  थियो । यस कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको ठुलो संख्यामा उपस्थिति भएको थिए । 

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १५:२५:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको