१३ असोज काठमाडौँ । दुई दिन देखि लगातार परेको बर्षाले काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।शनिबार पहिरो जाँदा धादिङको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए ।
त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ । यस घटना बारे थप विवरण आउन बाकी छ ।