Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखाको लापुवेशीबाट शुक्रबार काठमाडौंको लागि छुटेको बस सम्पर्क बिहीन

 गोरखाको लापुवेशीबाट शुक्रबार काठमाडौंको लागि छुटेको बस सम्पर्क बिहीन

जोईन खबर

१३, आश्विन २०८१
  • 670
    SHARES
  •  गोरखाको लापुवेशीबाट शुक्रबार काठमाडौंको लागि छुटेको बस सम्पर्क बिहीन

    १३ असोज काठमाडौँ । उत्तरी गोरखाको लापुवेशीबाट शुक्रबार काठमाडौंको लागि यात्रु सहित छुटेको बस  सम्पर्क  बिहीन भएको हो ।शुक्रबार बिहान काठमाडौंका लागि छुटेको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको ना. ४ ख २२७० नम्बरको यात्रुबाहक बस सोही राती १० बजेदेखी सम्पर्क बिहीन भएको प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।शुक्रबार राती १० बजेसम्म सम्पर्कमा रहेको बस  त्यती बेला नागढुङ्गाको उकालो जादै छौ भनेका थिए ।

    images

    त्यसपछी आजसम्म सम्पर्कमा आएको छैन  अध्यक्ष खत्रीको भनाइ छ । उक्त बस गोरखाको लापुवेशीबाट शुक्रबार बिहान ७ बजे छुटेको थियो ।चालक दल सहित ४ देखी ५ जना मुग्लिनसम्म पुगेको र मुग्लिनमा १ जना यात्रु झरेर चितवन गएको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

    images
    images
    images

    शुक्रबार रातीदेखी नै सम्पर्क बिहीन भएको उक्त बसको खोजी भई रहेको पनि उनले बताए उक्त बसमा उत्तरी क्षेत्रका एक ब्यापारीले केही भेडाहरु समेत राजधानी लगेको खुल्न आएको छ । आज सामाजिक सञ्जालमा सूचना जारी गर्दै सबैलाई बस खोजीको लागि अनुरोध गरेको छ ।

    बसका चालक एवं सवारी धनी मदन परियार र यात्रु धार्चे गाउँपालिका–७ खानी गाउँका सुके गुरुङको पहिचान खुलेता पनि अन्यको नाम भने खुल्न सकेको छैन ।यता बस सम्पर्क बिहीन भएको बारेमा प्रालिले जानकारी दिए लगत्तै प्रमुख जिल्ला अधिकारी भोला दाहालले माथिल्लो सुरक्षा निकायमा त्यसको जानकारी गराएको र खोजीलाई तिब्र पारीएको बताए ।

    खानी खोलाको उकालोसम्म सम्पर्कमा रहेको र झ्याप्ले खोला वरपरबाट हराएको जानकारी प्रप्ता पछि खोजी भई रहेको छ । 

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १०:५३:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको