Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अबिरल बर्षाका कारण काठमाडौँ राजधानी जोडने सबै सडक बन्द

अबिरल बर्षाका कारण काठमाडौँ राजधानी जोडने सबै सडक बन्द

जोईन खबर

१३, आश्विन २०८१
  • 649
    SHARES
  • अबिरल बर्षाका कारण काठमाडौँ राजधानी जोडने सबै सडक बन्द

    १३ असोज काठमाडौं ।अबिरल बर्षाका कारण काठमाडौँ राजधानी जोड्ने सबै सडक बन्द रहेको छ ।पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको हो ।काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ ।

    images

    पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् ।पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् ।

    images
    images
    images

    बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं) कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

    उता, अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - ११:५६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको