१३ असोज काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ । दुई दिन देखि लगातर परेको बर्षातले देशभरका विभिन्न स्थानमा धेरै भन्दा धेरै क्षेती भएको छ ।
यो बर्षको पानीले सबै भन्दा धेरै पृथ्वी राजमार्गको सडक क्षेत्रमा पहिरो खसेको हो । धादिङ प्रहरीका अनुसार शनिबार १४ जनाको शव र आज बिहान देखि लागिएको खाजी कार्यमा अहिलेसम्म १५ जनाको शव निकालिएको हो ।
अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।
झ्याप्ले खोलामा गएको पहिरोमा गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस बुटवालबाट आएको बस पुरीएको पुष्टि भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी स्थनियाले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।