Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाल राष्ट्र बैँकमा आदेखि सफा तथा सुकिला नोट साट्न पाइने 

 नेपाल राष्ट्र बैँकमा आदेखि सफा तथा सुकिला नोट साट्न पाइने 

जोईन खबर

१३, आश्विन २०८१
  • 628
    SHARES
  •  नेपाल राष्ट्र बैँकमा आदेखि सफा तथा सुकिला नोट साट्न पाइने 

    १३ असोज काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस बर्षको दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने  व्यवस्था सुरु गरेको छ । यस बैँकले  यो वर्षको दसैँका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न  पाइने सूचना जारी गरेको हो ।

    images

    राष्ट्र बैँकले देशभरका प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाउने छन्।

    images
    images
    images

    साथै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ। सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् ।

    ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो ।

    हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै  नयाँ नोट उपलब्ध नगराउने भएको हो । बैँकले त्यही नोटलाई उपयोगमा ल्याउने गरि नियम कनाएको थियो । 

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १३:०२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको