Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शहिदलखनमा ७० बर्षीय वृद्वको खोलाले बगाएर मृत्यु

शहिदलखनमा ७० बर्षीय वृद्वको खोलाले बगाएर मृत्यु

जोईन खबर

१३, आश्विन २०८१
  • 1.3K
    SHARES
  • शहिदलखनमा ७० बर्षीय वृद्वको खोलाले बगाएर मृत्यु

    १३ असोज काठमाडौँ । गोरखाको शहिदलखनमा ७० बर्षीय वृद्वको खोलाले बगाएर मृत्यु भएको छ । शहिदलखन गाउँपालिका वडा न ६ सुखौरा खोलाले बगाउदा वृद्ध महिलाको मृत्यु भएको हो ।खोलाले बगाएर मुत्यु हुनेमा शहिदलखन गाउँपालिका–६ अँधेरी बस्ने ७० वर्षीया बालकुमारी श्रेष्ठ भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।

    images

    एक्कासी खोला किनारामा महिलाको शव देखेपछी स्थानियले प्रहरीलाई  खबर गरि खबर प्रप्ताको आधारमा गोरखा प्रहरी  घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।

    images
    images
    images

    प्रहरीका अनुसार घटना भएको खबर पाए सँगै हामी पुग्दा एक वृद्व महिलाको शव खोला किनारमा देखिएको जानकारी दिए । उक्त शव कहिले देखि थियो थाहा नभए पनि प्रहरी खबर लगतै आज बिहान ८ बजे शव फेला परेको बताए ।

    मृत्यु हुने वृद्वा महिलालाई बुंकोटको स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराएर फर्कने क्रममा उक्त घटना भएको हुन सक्ने सूचना अधिकारी श्रेष्ठले बताए । घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताए । अहिले वृद्वाको शव पोष्टमार्टमको लागि गोरखा अस्पताल लगिएको छ ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १३:३८:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको