१३ असोज काठमाडौँ । पृथ्वी राजमार्ग सडकखण्ड अन्तरगत धादिङको बाढीपहिरोका कारण बिच बाटोमा दुई दिन देखि अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउन सुरु गरिएको छ ।
दुई सम्म परेको अबिरल बर्षाले मुग्लिङ र नागढुंगा सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेर केही यातायात बेपत्त र केही यातायात सडक बन्दका कारण बन्द भए पछि उद्वारको लागि सडक बिभाग र चन्द्रा गिरि नगरपालिकाको सक्रियतामा यात्रुलाई काठमाडौँ ल्याउने काम गरिएको हो ।
नगरपालिकाले उपलब्ध गराएको बसबाट यात्रुलाई सुरुङमार्ग हुँदै काठमाडौं ल्याउन थालिएको हो आइतबार बिहान दुध बोकेको ट्याक्टरलाई सुरुङमार्गबाट काठमाडौं आउन दिइएको थियो । शनिबार करिब एक हजार यात्रुको उद्दार गरिएको थियो ।कुखुरा बोकेका करिब दर्जन गाडीलाई सुरुङमार्गबाटै ल्याइएको थियो ।
बीचसडकमै रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गबाट काठमाडौं ल्याउन सहजीकरण गरिएको सडक विभागले जानकारी दिएको हो । सडक विभागका अनुसार बेपत्त सवार िसाधानको तिब्र गतिले खोजी भई रहेको छ ।