Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन

पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन

जोईन खबर

१३, आश्विन २०८१
  • 628
    SHARES
  • पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन

    १३ असोज काठमाडौँ । बन्दी सहायता नियोग ९पाम० ले निर्माण गरेको पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ । नागर्जुन नगरपालिका वडा १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा। नारायणकाजी श्रेष्ठले सेन्टरको एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।नागर्जुन नगरपालिका वडा १ स्थित विजुलीचोक, एकलटारमा नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ रुम, शौचालयलगायतका सुविधा छन् ।

    images

    जिएलएस फ्युचर फाउन्डेसन, जर्मनी, जुडोका विश्व च्याम्पियन डेनिस भान र नागर्जुन नगरपालिकाको सहयोगमा करिब १ करोड ७७ लाख लागतमा सेन्टर निर्माण गरिएको बताइएको छ ।सन् २०२३ को मेमा सेन्टर निर्माणको कार्य सुरु गरिएको थियो । पामका जुडो प्रमुख प्रशिक्षक समेत रहेका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले हल निर्माणसंगै खेलाडीलाई प्रशिक्षण गराउन धेरै सहज भएको बताउदै आगामी दिनमा राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादनमा अझ सक्रिय रहने प्रतिबद्धता जनाए ।

    images
    images
    images

    टोकियो ओलम्पिक– २०२० मा जुडोकी सोनिया भट्ट सहभागी हुँदा सूर्यनारायण उनका प्रशिक्षक थिए ।जुडो खेलमा पामका खेलाडीको गर्विलो उपस्थिति रहँदै आएको छ । १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद ९साग० की रजतलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी मनीता श्रेष्ठ प्रधान पामकै उत्पादन हुन् । मनीताले ओलम्पिकसम्मको यात्रा तय गरिसकेकी छन् । मनीताले पेरिस ओलम्पिक– २०२४ मा ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटा मार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    तीन दाजुबहिनी इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया र निशा आ–आफ्नो तौलसमूहका वर्तमान राष्ट्रिय च्याम्पियन हुन् । इन्द्रले १२ औं सागमा कांस्य र १३ औं सागमा रजत जितेका थिए । देवकीले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडोको कातमा स्वर्ण जितेकी थिइन् । मनीता, इन्द्र र देवकीले एसियाली खेलकुदमा पनि सहभागिता जनाइसकेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पामकै उत्पादन उत्तम प्रधानले कांस्य तथा सुबोध मण्डल र पेमा याङजी शेर्पाले स्वर्ण जितेका छन् ।विभिन्न कारणले कैदी जीवन बिताइरहेकाको सन्तानलाई आश्रय दिने उद्देश्यले सन् १९९१ मा पारिजात वाइबाले स्थापना गरेको पाममा हाल २८ जना बालवालिका आश्रित छन् ।

    सबै जुडो खेल्छन् । उनीहरुका अलावा समुदायका ६२ बालवालिका पनि पाममै जुडोको प्रशिक्षण लिइरहेका छन् ।सेन्टर उद्घाटनका अवसरमा मनीतासहित पामका अध्यक्ष श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।उनीहरुलाई सम्मान गर्नुका कारण खुलाउदै सूर्यनारायणले भने– ‘मनीताले जुडो खेल मार्फत नेपाललाई थ्रुपै पदक दिलाएर राष्ट्रको गौरव बढाउनु भएको छ । अध्यक्ष श्रेष्ठले पाम कुनै समय दुरावस्थामा हुँदा यसलाई सुधार्न उहाँको सक्रिएता, पहल र योगदान महत्वपूर्ण र प्रशंसनीय छ ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १६:४६:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको