Logo

बिहिवार, कार्तिक १३ गते २०८३

न्युजिल्यान्डका जोनाह स्मिथ पहिलो

न्युजिल्यान्डका जोनाह स्मिथ पहिलो

जोईन खबर

१३, आश्विन २०८१
  • 700
    SHARES
  • न्युजिल्यान्डका जोनाह स्मिथ पहिलो

    १३ असोज काठमाडौँ । न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् ।

    images

    विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले पूर्व निर्धारित समय अनुसार नै म्याराथन सन्चालन गरिएको थियो ।पुरुष म्याराथनमा नेपालका नरेन्द्र रावल दोस्रो र १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो भएका छन् । नरेन्द्रले २ घन्टा २३ मिनेट ०५ सेकेन्ड र किरणले २ घन्टा ३१ मिनेट ४४ सेकेन्डको समय निकालेका थिए ।

    images
    images
    images

    हाफ म्याराथनको महिलामा एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउत विजयी भएका छन् ।पुष्पाले १ घन्टा २८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी हुन् । अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भइन् । अन्नाले १ घन्टा ३७ मिनेट १३ सेकेन्ड र चारुले २ घन्टा ४३ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन् ।नरेन्द्रले १ घन्टा १२ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् ।

    राजेन्द्र तामाङ ९१ घन्टा १४ मिनेट ०२ सेकेन्ड दोस्रो र विज्ञान गुरुङ ९१ घन्टा १६ मिनेट २६ सेकेन्ड० तेस्रो भएका हुन् ।५ किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयर विजयी भए । उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरे । ५ किलोमिटर पुरुष मास्टर्समा राजु भण्डारी २३ मिनेट ५३.६१ सेकेन्डमा दौड पूरा गर्दै विजयी भए ।

    ५ किलोमिटर स्कुल गल्र्समा आइश्मा आचार्य र ब्वाइजमा सन्तोष कार्की विजयी भए । आइश्माले २५ मिनेट १५.४ र सन्तोषले १४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।म्याराथन मास्टर्समा निकोले लाख्तिकोभ विजयी भए । उनले ३ घन्टा १३ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेका हुन् ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १७:०२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको