Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कोशी ब्यारेजमा पानीको बहाव घट्न थाल्यो

 कोशी ब्यारेजमा पानीको बहाव घट्न थाल्यो

जोईन खबर

१३, आश्विन २०८१
  • 874
    SHARES
  •  कोशी ब्यारेजमा पानीको बहाव घट्न थाल्यो

    १३ असोज काठमाडौँ । सुनसरी र अविरल वर्षा रोकिएपछि कोशी ब्यारेजमा पानीको बहाव घट्न थालेको छ । आइतबार दिउसो तीन बजेको मापन अनुसार कोशी ब्यारेजमा ३ लाख ९८ हजार ३ सय ७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

    images

    आइतबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । यो तथ्य कोशीको ब्यारेज निर्माण भएयता ५६ वर्ष यताकै उच्च पानीको बहाव मानिएको छ ।

    images
    images
    images

    पानीको बहाव घट्दै गए पनि कोशी ब्यारेज नियन्त्रण कक्षले उच्च खतरा भने कायम नै रहेको जनाएको छ । ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ । पानीको बहाव बढेपछि ब्यारेज माथिबाटै पानी बगेको थियो ।

     

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १७:२६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको