Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा कमल थापालाई दोहोरो स्वर्ण

बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा कमल थापालाई दोहोरो स्वर्ण

जोईन खबर

१४, आश्विन २०८१
  • 598
    SHARES
  • बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा कमल थापालाई दोहोरो स्वर्ण

    १४ असोज काठमाडौँ । कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे ।

    images

    अर्को स्पर्धाको फाइनलमा कमलले ध्रुव गुरुङलाई सीधा सेटमा ६–३ र ६–० ले हराए ।आइतबारै विभिन्न ५ स्पर्धाका डबल्स र १ स्पर्धाको फाइनल पनि भए । पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा प्रणव खनाल र सक्षमविक्रम शाहको जोडीलाई सीधा सेटमा ६–४ र ६–१ ले पाखा लगाए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई ६–४, ४–६ र १०–७ ले पन्छाए ।

    images
    images
    images

    ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले रोहित सुनुवार र हिमाल शाहको जोडीमाथि ६–३ र ७–५ को जित दर्ता गरे । ५५ वर्षमाथि पुरुष डबल्समा पनि चन्द्र शाहीले स्वर्ण जिते । उनले उत्तम शेर्पासंग मिलेर मनोज राणा र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–२ र ६–४ ले फाइनलमा पाखा लगाए । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीको चुनौती ४–६, ६–२ र १३–११ पन्छाए ।पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धर फाइनलमा पुगे ।

    प्रदीपले प्रणव खनाललाई ६–१ र ६–३ तथा प्रणवले निसान श्रेष्ठलाई ६–२, ५–७ र ६–३ को सेटमा पराजित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले रोहित सुनुवारलाई ६–३ र ६–३ ले पन्छ्याउदै स्वर्ण हात पारे ।महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा अभिलाषाले स्वस्तिका विष्टलाई ६–२ र ६–४ तथा सुनिराले आइशा डोल्कर गुरुङलाई ६–० र ६–१ को सोझो सेटमा हराए । ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६–१ र ६–२ तथा सन्तोष खत्रीले सिमान्त गुरुङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रतियोगिता सोमबार समपन्न हुनेछ ।

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - ०७:०६:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको