१४ असोज काठमाडौँ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका वडा न ४ प्रोकमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । गत शुक्रवार र शनिवार संचालन भएको शिविरमा दुई सयभन्दा बढीले सेवा लिएका छन् ।
१ सय ३३ जना महिला र ९८ पुरुष गरी कुल २ सय ३१ जनाले सेवा लिएको रिपुमर्दन गणका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले बताए ।
प्रोक तथा आसपासका स्थानीय, नेपाली सेनाबाट अवकाश प्राप्त भुपु सैनिक तथा तिनका आश्रित परिवारहरुलाई लक्षित गरी यही शुक्रवार र शनिवार शिविर संचालन भएको थियो ।
शिविरमा हाडजोर्नी, छाला, नाक, कान, घाँटी लगायत विविध रोगको उपचार गरिएको प्रमुख सेनानी क्षेत्रीले जानकारी दिए ।